top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

अपहरणमा परेका बालकको शव फेला  |  Published: January 12, 2016  |  मंगलवार 28 पुष, 2072  |  4:36 PM  |  Viewed: 2602 times

गौशाला, पुस २८ । महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका एक आठ वर्षीय बालकको गएराति शव फेला परेको छ ।

भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव गएराति १२ बजे प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अपहरणकारीहरुले शनिशार राति करिब ७ बजेतिर बालक महासेठलाई अपहरण गरी लगेर कर्तव्य गरी मारेर गाडेकोमा जिल्ला प्रहरीले आइतबारदेखि विशेष खोज तलास र अनुसन्धान गर्दै जाँदा राति १२ बजे एकडारा– ७ स्थित गहुँ खेतमा गाडिएको अवस्थामा बालक महासेठको शव फेला पारेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाई गाडिएको ठाउँबाट शव बरामद गरेको हो । थप अनुसन्धान जारी रहेको जिप्रका, महोत्तरीले जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell