top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

फेसबुकमा फेक आइडी बनाएर युवतीलाई ठगी गर्ने पक्राउ  |  Published: January 12, 2016  |  मंगलवार 28 पुष, 2072  |  10:57 AM  |  Viewed: 1764 times

फिदिम, पुस २८ । सार्वजनिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई पाँचथर जिल्लाकी एक युवतीसँग तीन लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा खुदुनाबारी ७ का २९ वर्षीय भविन्द्र सुवेदी रहेका छन् । उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

सुवेदीले फेसबुकमा निश्चल शर्मा नाममा फेक आइडी बनाई ती युवतीसँग तीन लाख एक हजार सात सय रुपैयाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार सुवेदीले फेसबुक मार्फत ती युवतीसँग सम्पर्क बढाई काठमाडौंको कालीमाटीमा ६ कोठे पक्की घर रहेको र बिभिन्न बैंकमा ३०/३५ लाख रुपैयाँ ब्यालेन्स रहेको बताउने गरेका थिए ।

आफूलाई अविवाहित बताउने सुवेदीले युवतीलाई बिभिन्न प्रलोभन देखाई पैसा माग्ने गरेको बताइएको छ । पिडितको उजुरीका आधारमा प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

सुवेदीले युवतीलाई नै भेट्न काठमाडौंबाट आउँदा आफू चितवमा दुर्घटनामा परेकोले नारायणगढ अस्पतालमा भर्ना भएको र उपचारका लागि चेक साट्न काठमाडौं जानु पर्ने कारण देखाउँदै पीडित युवतीसँग रकम मागेको प्रहरीले जनाएको छ ।

पैसा पाएपछि सुवेदीले युवतीलाई सम्पर्क गर्ने फोन नम्बर र फेसबुक आइडी डिएक्टिभ गरेपछि पिडितले प्रहरीमा उजुरी दिएकी थिईन् ।

सुवेदीको साथबाट नगद ८४ हजार र सामसुङ कम्पनीको मोवाइल तथा ९८०२९२४८४४ नम्बरको सिम समेत बरामद गरेको छ ।

उनलाई ठगी अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell