top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  7:34 AM  |  Viewed: 1825 times

काठमाडौं, पुस २९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । न्यूक्यासलसँग ३–३ गोलको बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड अंक तालिकाको छैठौं स्थानमा झरेको छ ।

म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ३४ अंक जोडेको छ भने समान खेलबाट १८ अंक जोडेको न्युक्यासल १८ औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा लण्डन क्लव वेष्ट ह्याम युनाईटेडले बर्नमाउथलाई ३–१ ले हराँउदा अंक तालिकाको पुछारमा रहेको एस्टन भिल्लाले सातौं स्थानको क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार)राति सात खेल हुनेछन् । बुधबार शीर्ष स्थानको आर्सनलले लिभरपुलको सामना गर्दा म्यानचेस्टर सिटी र एभर्टन भिड्नेछन् । यसैगरी चेल्सीले वेष्ट ब्रोमसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त लेष्टर सिटीसँग हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell