top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘भूत’ भगाउने निहुँमा किशोरीमाथि ‘बलात्कार प्रयास’  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  5:38 PM  |  Viewed: 2981 times

भीमदत्तनगर, पुस २९ । आफूलाई धामी–झाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।

कन्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै स्यालीनदी पारी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर बलात्कार प्रयास गरेको किशोरीका आफन्तले जानकारी दिएका छन् ।

‘टाउको दुख्ने, रिंगाटा लाग्ने भएर झाँक्रीमा पुग्यौं’–पीडित किशोरीका आफन्तले भने–‘भूत भगाउँछु भन्दै जंगलमा लगेर जबर्जस्ती गर्न खोजेछ ।’

जंगलमा लगेर किशोरीलाई यौन दुर्ब्यबहार गर्न थालेपछि किशोरी भाग्न सफल भएकी थिइन् । उनले घरमा आफन्तसँग घटनाबारे जानकारी गराएपछि आफन्तले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुर पुर्‍याइएको छ ।

अभियुक्त नेपालीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell