top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको फाइनलमा  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  6:09 PM  |  Viewed: 859 times

पाँचथर, पुस २९ । कर्णसिंह सोनाम मेमोरियल क्लब, ताप्लेजुङ पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा फाइलनमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काम्ब्राङ फुटबल क्लब सिक्किममाथि ५–१ विशाल जित निकाल्दै ताप्लेजुङ फाइनलमा पुगेको हो ।

खेलमा २ गोल गरेका ताप्लेजुङका रोजिन धिमाल ‘म्यान अफ दी म्याच’ घोषित भए ।

विहीबार (भोलि) हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब र ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच भिडन्त हुनेछ ।

नेपाल र भारतका गरी ८ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताको फाइनल माघ २ गते हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell