top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  7:20 PM  |  Viewed: 1603 times

काठमाडौं, पुस २९ । । बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली बुधबार अफगानिस्तानसँग पराजित भएको छ ।

भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो ।

यसअघि, अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।
/>
बुधबार पहिले ब्याटिङमा गरेको अफगानिस्तानले नेपाललाई २१३ रनको चुनौती प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४१ दशमलव ३ ओभरमा १७१ रनमा सीमित भयो ।

नेपालका लागि सुनिल धमलाले ४५, अरिफ शेखले २८ तथा दीपेन्द्र ऐरीले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

यसअघि, नेपालले भारतको हिमाञ्चल प्रदेशमा स्थानीय क्लबसँग पनि अभ्यास खेल खेलेको थियो ।

आगामी माघ ८ गतेदेखि सन्चालन हुने विश्वकपमा विभिन्न १६ राष्ट्रले भाग लिएका छन् जसमा नेपाल समूह ‘डी’मा परेको छ ।

त्यस्तै, समूह ‘डी’मा भारत, न्यूजिल्यान्ड र आयरल्यान्ड छन् । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell