top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

सुविसु क्यान इन्फोटेक माघ १४ देखि  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  7:41 PM  |  Viewed: 436 times

काठमाडौं, पुस २९ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विगत २१ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास र विस्तारका लागि वर्षेनि गर्दै आएको सूचना–प्रविधि सम्मेलनको आगामी संस्करण आगामी माघ १४ गतेदेखि राजधानीमा सुरु हुँदैछ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सुविसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसन विथ हुवावे’को तयारीबारे विस्तृत जानकारी गराएको हो ।

सम्मेलन आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनी स्थलमा हुँदैछ ।

विश्वमा सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिकोबारेमा जानकारी प्रदान गर्ने उद्देश्यले महासंघले मेला आयोजना गर्दै आइरहेको महासचिव विश्व राम बलामीले बताए ।

प्रदर्शनीमा ब्रान्डिङ प्रदर्शनी कक्षहरुसहित सूचना प्रविधिसम्बन्धीका जम्मा १७५ स्टलहरु रहने जनाइएको छ ।

अघिल्लो वर्षको मेला ३ लाख ३१ हजार बढीले मेला अवलोकन गरेका थिए भने योपटक ४ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीका अवसरमा यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित विभिन्न विषयमा गोष्ठीहरुसमेत गरिने जनाइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell