top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

मोटरसाइकलबाट घर पुर्‍याइदिने आश्वासन दिएर ‘बलात्कार’  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  7:57 PM  |  Viewed: 11169 times

पाँचथर, पुस २९ । आफन्तकामा आएकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोेटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पुर्‍याइदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लानेक्रममा पल्लोटार जाने बाटोको एक खोल्सीमा जबर्जस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार राति अन्दाजी ८ः३० बजे सो खोल्सीमा मोटरसाइकल रोकेर विवाह गर्छु भन्दै ललाइ–फकाइ गर्दा आफू नमानेपछि मगरले जबर्जस्ती करणी गरेको पीडितले जाहेरीमा खुलाएका छन् ।

बालिकाको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत् म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

मगरले पीडित बालिकालाई फिदिम नगरपालिका–१ शनिबारेदेखि आफन्तकामा पुर्‍याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएको प्रहरीले जानकारी दिएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell