top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

फेसबुकमा केटी बनेर प्रेमको नाटक गर्दै रकम असुल्ने दुई युवा पक्राउ  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  7:55 AM  |  Viewed: 1856 times

काठमाडौं, पुस ३० । सामाजिक संजाल ‘फेसबुक’ मा केटीको नाममा आइडी बनाएर प्रेमको नाटक गर्दै रकम असुली गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले दैलेख, वङलम्जी–७ घर भई राजधानीको धापासीमा बस्दै आएका २३ वर्षीय विक्रम ज्ञवाली र धापासीका २२ वर्षीय केविन केसीलाई पक्राउ गरेको हो ।

उनीहरु दुबैले केटीको नाममा फेसबुक आइडी बनाएर एक युवासँग प्रेमको नाटक गर्दै ४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुवास्ना गौतम नामको आइडी बनाएर उनीहरुले महाबौद्धमा कपडा पसल संचालन गर्दै आएका भारतीय नागरिक रोशन गुप्तासँग प्रेमको नाटक गरेका थिए । फेसबुकबाटै सुवास्नाको नामबाट सामान्य भनाभन गरेपछि विक्रम र केविनले निज रोशनलाई भेटेर आफू सुवास्नाको दाजु भएको र ‘तिम्रै कारणले बहिनीले हात काटेर उपचारार्थ अस्पताल भर्ना हुनु परेको’ भन्दै पहिलो पटक ५५ हजार रुपैयाँ असुुल गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई पीडितले दिएको उजुरी अनुसार सोही बहानामा उनीहरुले पटक–पटक गरी निज रोशनबाट ४ लाख १७ हजार रुपैयाँ असुल गरेका थिए ।

पुनः दुई लाख रुपैयाँ माग गरेपछि पीडितले प्रहरीलाई गुहारेका थिए । पीडितको जाहेरीका आधारमा अनुसन्धानपछि प्रहरीले दुबै अभियुक्तलाई राजधानीको भाटभटेनीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले प्रारम्भमा सविन पाण्डेको नामबाट फेसबुक आइडी खोलेका थिए । पछि उक्त आइडीको नाम परिवर्तन गरी सुवास गौतम बनाएका थिए भने पछि ठगि गर्ने उद्देश्यले दुबैजना मिलेर पुनः नाम परिवर्तन गरी सुवास्ना गौतमको नामबाट सो आइडी चलाउँदै आएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell