top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बुधबारको खेलमा स्टार क्लबहरु बराबरीमै रोकिए  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  8:36 AM  |  Viewed: 2128 times

काठमाडौं, पुस ३० । इङ्लिश प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग बराबरी खेलेको छ ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । यसैगरी अर्को शीर्ष क्लब म्यानचेस्टर सिटीले एभर्टनसँग गोलरहित बराबरी खेल्दा चेल्सीलाई वेष्ट ब्रोमले २–२ गोलको बराबरीमा रोकेको छ ।

उता लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई १–० ले पराजित गर्दा सण्डरल्याण्डले स्वान्सी सिटीलाई ४–२ ले तथा स्टोक सिटीले नर्वीच सिटीलाई ३–१ ले हराएका छन् । साउथह्याम्पटनले वाट्फोर्डलाई २–० ले हराएको छ ।

बुधबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २१ खेलबाट ४३ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान खेलबाट समान ४३ अंक जोडेको लेष्टर सिटी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४० अंक छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell