top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

अतिवादीका बीचमा पृथ्वीनारायण शाहको योगदान  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  1:33 PM  |  Viewed: 473 times

नरेन्दराज पौडेल - आलोचना र प्रशंसाका दुइ अतिवादी धारहरुमा विभाजित पृथ्वीनारायण शाहको कर्तृत्व अनि व्यक्तित्व अहिले पनि तातो बहस चर्चाको विषय बनेको छ । इतिहासको पुनव्र्याख्या र पुनर्लेखनको क्रममा यो अस्वाभाविक प्रसङ्ग पनि होइन । विश्वका अनेकौं साम्राज्यको निर्माणमा घाघडान गनिएका निर्माताहरु पनि इतिहासको कठोर अनि तातो कसीमा सधैं एकनाशले प्रशंसित वा आलोचित रहन सक्तैनन् । आफना देश र संसारलाई नै केही गुन लगाउँदा केही अवगुणको सिर्जना हुन त पुग्छ नै । पृथ्वीनारायण शाहले पनि आफ्नो राष्ट्रलाई विशाल आकारयुक्त अनि जनसंख्या र साधनसम्पन्न बनाउछु भन्दा अरुमाथि तत्काल केही बलमिच्याइँ कतै ज्यादती र आक्रमण हुनपुग्यो होला । देशकाल परिस्थितिलाई नयाँ आयाम दिने र पुनर्निर्माण गर्ने क्रममा यो स्वाभाविक पनि ठहर्छ ।
त्यसो त राज्यविस्तार वा एकीकरण भन्नु नै आक्रमण प्रत्याक्रमणको क्रियाकलापमा आवद्ध पक्रिया हो । एउटा देशको भूगोल विस्तार गर्नुपर्दा अर्को छिमेकी देशमाथि आक्रमण नगरी संभव हुँदैन । यो एकीकरण वा राष्ट्रविस्तार भन्ने चीज नै धर्तीभित्र हुन्छ । आकाश पातल र हावामा कुनै देशको एकीकरण हुन संभव छैन । भुरे टाकुरे र कबायली रुपमा तितर वितर छरिएर रहेका साना राज्यहरुलाई एउटा सिङ्गो वलियो राष्ट्रको रुपमा संगठित गर्न अरुको भूभाग कव्जा नगरी संभव पनि थिएन । त्यसैले पृथ्वीनारायण शाहले एउटा पहाडी दुर्गम कुनाको सीमित भूगोल र थोरै जनसंख्या भएको गोरखा नाउको टाकुरे राज्यलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्तार गर्ने महोत्वाकांक्षी योजना शुरु गरे ।
उनले निर्माण गरिदिको विशाल नेपालमाथि बुटवलदेखि सिन्धुलीसम्म जताततैबाट हजारौं फौज लिएर आक्रमण गर्न आइलागेको व्रिटिश सेनालाई पराजयको पीरो चखाएर गोरखाली वीरको परिचय दिलाए । त्यतिमात्र होइन उनका बीर अनुयायी योद्धाहरुले इष्ट इन्डिया कम्पनीका नामबाट वृहत भारत बर्षमा शासनसत्ता जमाएको व्रिटिस साम्राज्यबादीको फौजलाई पराजयको धूलो चटाउँदै पटक पटधक मेख मारेर छोडे । गोरखा, लमजुङ, नुवाकोट भीरकोटजस्ता सानातिना भुरे टाकुरे राज्यहरुसंग त्यो क्षमता थिएन । अपसमै भिडिरहेका काठमाण्डू उपत्यका भित्रका मल्लराजा र मकवानपुर पाल्पा लगायत तितरवितर राज्यहरुसंग पनि शक्तिसंपन्न अङ्ग्रेजी शेनाविरुद्ध भिड्ने ताकत,एकता र साहस संभव थिएन । पृथ्वीनारायण शाहकै एकीकरण अभियानको परिणाम पछिमात्र नेपाल वास्तविक रुपमा शक्ति र सामथ्र्यवान नेपाल बन्न सकेको हो ।
यही एकीकृत शक्तिशाली नेपालको साहसी र वलियो शैन्यशक्ति सामु पटक पटक अंग्रजी सेना पराजित हुन पुगेका र नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट् रहिरहन सकेकेको भन्ने तथ्य समकालीन नेपाली वुद्धिजीवि इतिहासबेत्ता र स्तम्भकारहरुलाई पनि थाहा नभएको विषय अवस्य होइन । तर यति ठूलो अभिभारा लिने इतिहास निर्माताहरुलाई लान्छित अपमानित गरेर आफू ठूलोठालू र महान ज्ञाता बन्ने खोक्रो महत्काक्षाले केही बुद्धिजीवी भनाउँदाहरु अन्योलग्रस्त बनेका छन । परिणामस्वरुप पृथ्वीनारायण शाहको नाम बदनाम गरेर सोझा जनताका आँखामा छारो हाल्ने अनि त्यसबापत आपूm निकै हिरो बन्ने दिवास्वप्न देख्नेको संख्या पनि कम छैन ।
काठमाण्डू उपत्यकामा घटित केही घटनालाई आधार बनाएर केही आलोचकहरुले पृथ्वीनारायण शाहलाई एक क्रुर योद्धा र विस्तारवादी शासकको रुपमामात्र देख्ने गरेका छन । यो उनीहरुको पूर्वाग्रह र अल्पज्ञताको दोषमात्र हो ।
जातिपाती छुवाछुत र बर्गीय विभेद तीव्र रहेको समयमा पृथ्वीनारायण शाहले आप्mनो कब्जामा परेका राज्यका सवैथरी बासिन्दाहरुलाई सुरक्षा तथा सामाजिक न्यायको एउटै छहारी मुनि समेटने प्रयास गरेका थिए । चार जात छत्तीस वर्णको पूmलबारीका ेरुपमा उनले सामाजिक न्यायपूर्ण र जातीय उत्पीडनरहित समाजको खाका तयार गरेका थिए । काठमाण्डू उपत्यका विजयको क्रममा पनि उनले यहाँको धर्म संस्कृति रीतिरीवाज भेषभूषा र भाषा समेतलाइ संरक्षण दिएर स्थानीय वासिन्दा र सत्ताच्युत भएका पूर्वशासकहरुसंग मेलमिलापको वातावरण तयार पारेका थिए ।
कीर्तिपुर विजयको क्रममा स्थानीय बासिन्दाको संख्याभन्दा पनि बढी व्यक्तिको नाककान काटिएको वर्णन गरेर अंग्रेज इतिहासकारहरुले आफ्नो हारको बदला लिन बदनाम गरेको अनुमान गर्न सकिन्छ ।
युद्धको समयमा कुनै एक दुइ सिपाहीले घोषित नीति र राज्यको आसय विपरीत केही दुव्र्यवहार गरेका पनि हुन सक्छन । विश्वभरीका युद्धको इतिहासमा यस्ता घटनाहरु यत्रतत्र अनगिन्तिी भएका छन । कुनै ठूलो राम्रो काम गर्दा हुने छिटपुट नराम्रा घटनाहरुलाई विषयगत आधार र उपलब्धिको मानक बनाउन खोज्नु इतिहासलाई गिज्याउने काममात्र हो र आत्मकेन्द्रित सोचको उपज पनि हो ।
जहाँसम्म पृथ्वीनारायण शाहको शालीक तोडने फोडने र पुनर्निर्माण गर्नु पर्ने प्रश्न छ त्यसमा खासै माथापच्चीसी गर्नु आवश्यक छैन । विश्व इतिहासको फराक प्राङ्गणमा धेरै शालीक बनाउने र भत्काउने क्रम संगसगै चल्दै आएकै हो । पूर्व सोभियत संघका निर्माता पिटर द ग्रेट हुन कि क्रान्तिकारी नेता लेनिन दुवैका शालीक बनाउने भत्काउने घटना समयान्तरमा भएकै हुन । आधुनिक जर्मनीलाई एकीकरण गरेर विशाल राष्ट्रको  रुपमा स्थापित गर्ने प्रिन्स विस्मार्क हुन वा इटालीको एकीकरण गर्ने गैरीबाल्दी कुनै रुपमा प्रशंसित र कुनै बेला ओलोचित बन्दै आएकै हुन ।
अझ शालीककै प्रसङ्गमा भन्ने हो भने त अफ्रिकी तानाशाह इदि अमिन र वोकासाले पानि आफ्नो जीवन कालमै विशालकाय शालीकहरु तयार पारेर विश्वलाई नै निकृष्टतम शासक हुनुको पौरख देखाइदिएका थिए । इराकका सद्दाम हुसेन हुन वा लिवियाका कर्णेल कद्दाफि आआफ्नो कार्यकालमा शालीक बनाउने सजाउने र आफूसंगै शालीक पनि भताभुङ्ग हुनेमा पर्दछन । नेपालकै इतिहासमा पनि शालीक राम्रा शासक र राष्ट्र निर्माणमा योगदान गर्ने नायकहरुकोमात्र यथार्थ प्रतीक बन्न सकेको पाइदैन । पृथ्वी नारायण शाहको शालीक राष्ट्र एकीकरण गर्ने नायकका रुपमा सम्मान गरेर बनाइएको हो । तर उनको बृहत राष्टिय एकीकरण अभियानलाई टिष्टादेखि सतलज र हिमालयदेखि गंगा नदीसम्म विस्तार गर्ने महानायक बाहादूर शाहको शालीक बन्न सकेन । बरु इतिहासमै कुख्यात र विक्षिप्त राजाको रुपमा चित्रण गरिएका रण बहादूर शाहको शालीक बनेको छ । आफ्नै इतिहासले न्याय गर्न नसकेका बहादूर शाह बीर वलभद्रजस्ता पात्रहरु जताततै हुँदाहुँदै पृथ्वीनारायण शाहमामात्र शालीकको विषय केन्द्रित हुनु पर्ने आवश्यकता किन प¥यो । शालीक राजा महेन्द्र, र राजा वीरेन्द्रका पनि बनेका थिए । ती जहाँसुकै तोडिएका पनि छन । तर तीनको विषयमा यति तातो बहस र खुल्दुली हुन सकेको छैन । आवश्यकता न परेर नै होला पनि ।

इतिहासका कुनै एक कालखण्डमा कुनै समुदाय या पात्रले त्यही शालीक आश्वश्यक ठान्छ र निर्माण गरिदिन्छ भने समयान्तरमा अर्को पात्रले त्यही इतिहासको अर्कै व्याख्या गरिदिन्छ । अनि देशभक्त योद्धा आक्रमणकारी र शालीक अनर्थकारी ठान्छ,ढालीदिन्छ । भोली त्यही शालीक आवश्वयक ठानिए पुनर्निर्माण पनि भइजान्छ । भारतीय उपमहाद्वीपमा लामो समय चल्दै आएको व्रिटिश शासनको अन्त्यका लागि अहिंसात्मक आन्दोलनको नेतृत्व गर्ने महात्मा गान्धीको शालीक बेलायतकै राजधानी लण्डनमा स्थापना गरिनु त्यसको उदाहरण हो । आफ्नो शासन सत्ता विरुद्ध लडेर महाद्वीपबाटै धपाउने एक भारतीय सन्तको शालीक कालान्तरमा आएर बेलायती जनता र सरकारले किन आफनै राजधानीमा निर्माण गर्न आश्वयक ठाने ? विश्वसभ्यताको विकासक्रमसंगै फष्टाउँदै र प्रकट हुँदैजाने विषय हुन यी । जहाँसम्म पृथ्वीनारायण शाहको योगदानको प्रश्न छ, उनी राज्य विस्तार गर्न कस्स्एिका एक आक्रमक चालवाज योद्धा हुन र विशाल नेपाल राष्ट्रका निर्माता महान विभूति पनि ।
विनाआक्रमण राज्य विस्तार संभव थिएन र विना राज्यविस्तार नेपाल एकीकरणको अभियान पनि पुरा हुनेवाला थिएन । अझ वर्तमान घडीमा आएर नेपाल र नेपालीको सार्वभौम अस्तित्व स्वीकार्ने हो भने पृथ्वीनाराण शाहको एकीकरणको अभियानविना त्यो संभव थिएन । त्यसैले देशकाल र परिस्थितिले यस्ता महान व्यक्तित्वहरु निर्माण गर्दै अनि आलोचित र प्रशंसित पनि बन्दै जाने भएकाले थप तर्क वितर्कको माकुरीजाल बुन्नु आवश्यक छैन,देखिँदैन । भविष्यसन्ततिले आवश्यकताअनुसार बनाउने,भत्काउने अभिभारा लिँदै र इतिहासको त्यस कठोर वास्तविकतालाई न्यायोचित ढङ्गले पर्गेल्ने प्रयत्न पनि गर्दै जानेछ ।                                      

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell