top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बार्सिलोना कोपा डेल रे को क्वाटर फाइनलमा  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  1:22 PM  |  Viewed: 1522 times

काठमाडौं, पुस ३० । साविक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

इस्पानुयललाई समग्रमा ६–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको हो । बिहीबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इस्पानुयललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इस्पानुयलको मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाइ बिजयी गराउन दुबै गोल दुई खेलको प्रतिबन्धमा परेका लुइस सुवारेजको स्थानमा मैदान उत्रिएका मुनिर एल हदादीले गरे । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोना ४–१ गोल अन्तरले बिजयी भएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell