top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको फाइनलमा  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  6:44 PM  |  Viewed: 989 times

पाँचथर, पुस ३० । डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ब्वाइज युनाइटेड काठमाडौंलाई १–० ले पराजित गर्दै फिदिमले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

फिदिमलाई जिताउन खेलको ५५औं मिनेटमा धिरज तामाङले गरेको गोल नै निर्णायक बन्यो । योसँगै फिदिमले फाइनलमा केएसएस ताप्लेजुङसँग उपाधि भिडन्त पक्का गरेको छ ।

प्रतियोगिताको फाइनल माघ ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell