top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

काठमाडौंका फुटसल अनिश्चितकालका लागि बन्द  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  7:01 PM  |  Viewed: 3249 times

काठमाडौं, पुस ३० । जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसलमा जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल–कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिर लागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले विभिन्न गुनासाका उजुरी आउन थालेपछि फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गरिएको बताए ।

काठमाडौं उपत्यकामा ७० भन्दा बढी फुटसल कोर्ट सन्चालनमा रहेको बताइएको छ । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell