top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नेपाल बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  7:02 PM  |  Viewed: 26326 times

अपडेटः
काठमाडौं, माघ १ । नेपाल र आयोजक बंगलादेश ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश शुक्रबार नेपाली समयअनुसार साँझ सवा ६ बजे भिड्नुअघि नै दुबै टिम सेमिफाइनलमा पुगेका हुन् ।

अब दुईबीचको भिडन्तले समूह विजेताको टुंगो लाग्नेछ ।

समूहको अर्को खेलमा शुक्रबार दिउँसो श्रीलंकाले मलेसियाको फेल्डा युनाइटेडलाई २–१ ले हराएपछि नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

नेपाल र बंगलादेशको समान ४–४ अंक हुँदा श्रीलंकाको ३ तथा फेल्डाको २ अंक भएको छ । श्रीलंका र फेल्डा भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell