top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

इमेजले मनायो वार्षिकोत्सव  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  2:35 PM  |  Viewed: 146 times

काठमाडौं, माघ १ । इमेज च्यानलले शुक्रबार काठमाडौंको पानीपोखरीस्थित कार्यालयमा कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।

१९ वर्ष पूरा गरी २०औं वर्ष प्रवेशको अवसरमा गरिएको कार्यक्रममा इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले सन्चारमाध्यमको धर्म निर्वाह गर्न इमेज च्यानलले कुनै कसर बाँकी नराखेको बताए ।

इमेजको विशिष्ट पहिचान अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सन्चारमाध्यमको जिम्मेवारी बहन गर्दा कुनैपनि किसिमका चुनौती सामना गर्न आफू तयार रहेको पनि बताए ।

नेपाल टेलिभिजनमा समय लिएर प्रसारण सुरु गरेको इमेज च्यानलले ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी इमेज मेट्रो च्यानल प्रसारण सुरु गरेको थियो ।

त्यसको ४ वर्षपछि २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटलाइटमार्फत् आफ्नो प्रसारणलाई विश्वभर जोडेकोे थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell