top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

१२औं सागमा नेपालबाट ३९८ खेलाडी, भुटानका ८७ मात्र  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  5:24 PM  |  Viewed: 1282 times

काठमाडौं, माघ १ । माघ २२ गतेदेखि भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तयारी तीव्र पारिएको भारतले जनाएको छ ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा भारतीय प्रतिनिधिले तयारी तीव्र पारिएको भन्दै गुवाहाटी र सिलोंगमा हुने सागबारे जानकारी गराएका हुन् ।

१२औं सागमा एक हजार एक सय ६७ महिलासहित दुई हजार ६ सय ७२ खेलाडीले २३ खेलका दुई सय २८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।

दुई सय २८ स्वर्ण, दुई सय २८ नै रजत र तीन सय आठ कास्य पदकका लागि हुने प्रतियोगिताअन्तर्गत् सिलोंगमा आर्चरी, ब्याडमिन्टन, बक्सिङ, जुडो, टेबलटेनिस, तेक्वान्दो, उसु तथा महिला फुटबलका खेल हुनेछन् भने बाँकी खेल गुवाहाटीमा हुनेछन् ।

नेपालले सबै खेलमा सहभागिता जनाउने छ । पुरुषतर्फ दुई सय ११ तथा महिलातर्फ एक सय ८७ गरी ३ सय ९८ नेपाली खेलाडीले सहभागिता जनाउने छन् ।

दक्षिण एसियाका आठै राष्ट्रले सहभागिता जनाउँदैगर्दा भारतका सर्वाधिक पाँच सय १९ खेलाडी तथा सबैभन्दा कम भुटानका ८७ खेलाडी सहभागी हुँदैछन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell