top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

माइभ्याली गोल्डकपमा ९ टिम  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  5:36 PM  |  Viewed: 764 times

इलाम, माघ १ । आगामी माघ १४ देखि इलाममा सुरु हुने ‘अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली फुटबल गोल्डकप’ प्रतियोगिताको तयारी सुरु भएको छ ।

पूर्वी पहाडमै ठूलो धनराशीको पुरस्कार मानिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगितामा यो वर्ष सात नेपाली टोलीसहित दुई भारतीय क्लब सहभागी हुने भएका छन् ।

सहभागीहरुमा नेपालबाट मनाङ–मर्स्याङ्दी, सहारा क्लब पोखरा, नेपाली सेना, सशस्त्र प्रहरी, रुपन्देही–११, झापा र इलाम छन् ।

त्यस्तै, भारतको कोलकत्तास्थित दुर्गापुर स्टील फुटबल क्लब र आसामको ग्लोबल फुटबल क्लब छन् ।

प्रतियोगिताका लागि यो वर्ष ४५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख रुपैयाँ र दोस्रो पुरस्कार डेढ लाख रुपैयाँ तोकिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell