top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  8:09 PM  |  Viewed: 38976 times

अपडेटः
काठमाडौं, माघ १ । नेपाल र आयोजक बंगलादेश ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’मा रहेको बंगलादेश ५ अंकसहित गोलअन्तरका आधारमा नेपाललाई पछाडि पार्दै समूह विजेता बन्यो भने नेपाल समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

समूहको अन्तिम खेलमा शुक्रबार नेपाल र बंगलादेशले गोलरहित बराबरी खेले ।

यो समूहबाट मलेसियाको फेल्डा युनाइटेडलाई २–१ ले हराएपछि श्रीलंका तेस्रो भयो भने फेल्डा २ अंकमै समेटियो ।

श्रीलंका र फेल्डा भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell