top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

दुई दिनदेखि बालक बेपत्ता, अपहरणमा परेको आशङ्का  |  Published: January 16, 2016  |  शनिबार 2 माघ, 2072  |  10:22 AM  |  Viewed: 1081 times

गौशाला, माघ २ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ मलिवाराबाट दुई दिनदेखि एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको मुख्य भारतीय सीमानाका भिट्ठामोडसँगै टाँसिएर रहेको मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डे बिहीबार साँझदेखि बेपत्ता रहेको जिल्ला प्र्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

style="text-align: justify;">भारतीय नागरिकका लागि महोत्तरीको प्रवेशद्वारमै रहेको मलिवारा बस बिसौनीमा साँझपख घुमिरहेको बालक अचानक हराएका थिए । उनलाई परिवारजनले टोल, छिमेक, कुटुम्ब तथा आफन्त गरी सबैतिर खोजी गरिसकेकाले उनी अपहरणमा परेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् ।

यसैबीच, परिवारजनको अनुरोधमा बालक पाण्डेलाई बेपत्ता बनाएको हुनसक्ने आशङ्कामा जलेश्वरका तीन युवकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको तथा बालकको खोजीलाई व्यापक बनाएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए। रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell