top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट  |  Published: January 16, 2016  |  शनिबार 2 माघ, 2072  |  10:29 AM  |  Viewed: 49252 times

भीमदत्तनगर, माघ २ । कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भने, ‘सोही विषयलाई लिएर सामान्य हातपात भयो ।’

कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell