top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

इङ्गलिश प्रिमियर लिगमा आज राति रोमाञ्चक भिडन्त  |  Published: January 16, 2016  |  शनिबार 2 माघ, 2072  |  10:43 AM  |  Viewed: 5294 times

काठमाडौं, माघ २ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आज(शनिबार) वेलुकी सात खेल हुँदै छन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लेष्टर सिटीले आज एस्टन भिल्लाको सामना गर्दैछ । यसैगरी म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस आमने सामने हुँदा चेल्सी र एभर्टन भिड्ने छन् ।

आजै टोटनह्याम हट्सपर र सण्डरल्याण्ड, बर्नमाउथ र नर्वीच सिटी, न्युकासल युनाईटेड र वेष्ट ह्याम युनाईटेड तथा साउथह्याम्पटन र वेष्ट ब्रोम भिड्ने छन् ।

इङ्गलिश प्रिमियर लिग फुटबलमा २१ चरणका खेलहरु सकिँंदा ४३/४३ अंक जोडेको आर्सनल र लेष्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ४० अंक छ भने ३६ अंक जोडेको टोटनह्याम हट्सर चौथो स्थानमा छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell