top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

बालिका बलात्कृत, मुद्दा मिलाउन दबाब  |  Published: January 16, 2016  |  शनिबार 2 माघ, 2072  |  10:49 AM  |  Viewed: 1495 times

पाँचथर, माघ २ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको छ । बालिकालाई खेताला जाँदा जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन् ।

बालिकामाथि मोरङका हेमराज अधिकारीले पुस २३ गते जबर्जस्ती करणी गरेको आरोप छ । सो दिन खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म बन्धक बनाइएको र जबर्जस्ती करणी गरिएको आमाले बताएकी छिन् ।

खेताला बोलाउने घरका धनी नरबहादुर योङहाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बारम्बार गएर बालिकालाई खेताला बोलाउने योङहाङका छोरा विक्रम र विजय रहेको भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी परेको हो ।

अहिले जबर्जस्ती करणीको अभियोग लागेका अधिकारीसँगै सहयोगी भूमिका खेलेका भनिएका योङहाङका दुवै छोरा फरार रहेका छन् । तर प्रहरीले भने यस विषयमा केही अस्पष्टता रहेकाले तत्काल भन्न नसकिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पनि पुस २८ गते गरिएको छ । प्रतिवेदनले जबर्जस्ती करणी भएको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । तर घटनालाई मिलाउन जिल्लास्थित केही राजनीतिक दलका नेताले प्रयास गरिरहेका छन् । रु दुई लाख पीडित पक्षलाई दिएर मिलाउने पक्षमा केही दलका नेता तथा कार्यकर्ताले बल गरिरहेका पीडित बालिकाकी आमाले बताएकी छिन् ।

आफूलाई जिल्ला प्रहरी कार्यालय परिसरमै ‘रु दुई लाख अहिले दिन्छौँ, मिल’ भन्दै चर्को दबाब दिएको उनले बताइन् । उनले छोरीको इज्जत पैसासँग नसाट्ने बताएकी छिन् । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell