top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

कलासाहित्य डटकम प्रतिष्ठानद्वारा पाँचजना श्रष्टालाई सम्मान गर्ने  |  Published: January 17, 2016  |  आईतवार 3 माघ, 2072  |  11:36 AM  |  Viewed: 222 times

काठमाडौं, माघ ३ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत आठ वर्षदेखि हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका पुरस्कारहरु यसबर्ष अमेरिकी नागरिकसहित पाँचजना श्रष्टालाई प्रदान गर्ने भएको छ ।

भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्ने गरिएको पुरस्कार हालै प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो ।

पुरस्कृत हुनेहरुमा ‘राष्ट्रिय कलाश्री सम्मान—२०७२’बाट कार्टुनिस्ट वात्सायान (दुर्गाप्रसाद बराल), एकलाख धनराशीको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७२’ बाट स्रष्टा ठाकुरप्रसाद गुरागाईं, पचासहजार राशीको ‘राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७२’ बाट भीष्म उप्रेती र गत बर्षदेखि प्रदान गरिएको २५ हजार राशीको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’बाट पत्रकार फुलमान बललाई प्रदान गर्ने निर्णय गरेको छ ।

साथै विदेशी नागरिक भएर पनि नेपाली भाषा संस्कृतिलाई माया गर्ने अमेरिकी नागरिक प्रो.ग्रेगोरी मस्कारिनेकलाई ‘नेपाल सम्मान–२०१६’ ले सम्मान गर्ने निर्णय गरेको छ । सो सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहका बिच प्रदान गरिने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell