top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

सुजाता कोइरालाले सुशील कोइरालालाई समर्थन नगर्ने संकेत  |  Published: January 17, 2016  |  आईतवार 3 माघ, 2072  |  5:40 PM  |  Viewed: 2078 times

अर्घाखाँची, माघ ३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन अबको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताएकी छन् ।

बिपी स्मृति भवन सन्धिखर्कमा कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतृ कोइरालाले आसन्न महाधिवेशनबाट पार्टीको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताएकी हुन् ।

उनको यो भनाई कांग्रेसमा फेरि पनि सुशील कोइरालाको नेतृत्व हुनु हुँदैन भन्ने अर्थमा केन्द्रीत देखिन्छ । किनकि कांग्रेसमा सुशील कोइराला पहिलो पुस्ताका नेता मानिन्छन् ।

पार्टीमा शीर्ष नेताहरुले भागबन्डाको राजनीति गरेकाले कांग्रेसमा समस्या उत्पन्न भएको बताउँदै नेतृ कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर हाँक्न युवा पुस्तामा नेतृत्व आवश्यक रहेकामा जोड दिइन् । ६० र ४० को भागबन्डाका कारण कांग्रेस अगाडि बढ्न नसकेको र यसको असरस्वरुप भ्रातृ सङ्गठनहरुको समेत अविधेशन हुन नसकेको उनको भनाई थियो ।

उनले आफू कुन पदमा उठ्ने भन्ने अझै निर्णय गरिनसकेको बताइन् । कार्यकर्तासँग भेट गरेरमात्र आफ्नो उम्मेद्वारीको घोषणा गर्ने उनले प्रष्ट पारिन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell