top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

तीन दल र मधेसी मोर्चा सहमति नजिक, भोलिसम्ममा ठोस परिणाम आउने नेताहरुको दाबी  |  Published: January 17, 2016  |  आईतवार 3 माघ, 2072  |  6:40 PM  |  Viewed: 1906 times

काठमाडौं, माघ ३ । तीन दल र मधेसी मोर्चाबीच भएको छलफल सहमति नजिक पुगेको छ । आज बसेको तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरीय बैठकमा भएको छलफल निष्कर्षतिर अघि बढेको र भोलिसम्ममा ठोस परिणाम आउनसक्ने नेताहरुले बताएका छन् ।

कार्यदलको आजको बैठकले सहमतिको खाकासमेत तयार गरेको र शीर्ष नेताहरुसँगको छलफलपछि त्यसलाई अन्तिम रुप दिने तयारी गरेको बुझिएको छ ।

सिंहदरबारमा भएको बैठकपछि नेताहरुले राजनीतिक संयन्त्रमार्फत तीन महिना भित्र सीमांकनको विषयमा सहमति खोज्ने र बाँकी विषयलाई संविधान संशोधनमार्फत समेट्ने गरी छलफललाई निश्कर्षतिर पु¥याउन लागिएको बताएका हुन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell