top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

मधेसी मोर्चासँग भोलिसम्ममा सहमति हुन्छ : दाहाल  |  Published: January 17, 2016  |  आईतवार 3 माघ, 2072  |  7:29 PM  |  Viewed: 1778 times

धनगढी, माघ ३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँगको वार्ता निष्कर्ष नजिक पुगेको बताउँदै भोलिसम्ममा सहमति हुने दाबी गरेका छन् ।

आज कैलालीले धनगढीस्थित गेटा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भोलिसम्ममा मोर्चासँग सहमति हुने दाबी गरेका हुन् ।

संविधान संशोधनमार्फत समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने र सीमांकनको विषय राजनीतिक समितिले तीन महिनाभित्र टुंग्याउने गरी सहमति बन्न लागेको दाहालको भनाइ थियो ।

राजनीतिक सहमतिका आधारमा संघीय प्रदेशको सीमा हेरफेर गर्न सकिने भन्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएसँगै नाकाबन्दी खुल्ने बताए ।

मुलुकलाई निकास दिन राष्ट्रिय सरकार आवश्यक हुने भन्दै उनले त्यस विषयमा नेपाली कांग्रेसँग छलफल भइरहेको समेत बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell