top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

धादिङमा गाँजा खेती नष्ट गर्ने अभियान सुरु  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  8:50 AM  |  Viewed: 277 times

धादिङ, माघ ४ । धादिङको महाभारत क्षेत्रमा अवैध रुपमा गरिँदै आएको लागु पदार्थ गाँजाको खेती प्रहरीले नष्ट गर्ने अभियान थालेको छ ।

दक्षिणी धादिङको किरान्चोक, बैरेनी, महादेवस्थान र भुमेस्थान गाविसका विभिन्न स्थानमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरी, इलाका प्रहरी कार्यालय खानीखोला र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको संयुक्त टोलीले विभिन्न गाविसका १७ विगाहा भन्दा बढी क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको हो । स्थानीयले मकैसँगै व्यवसायीक रुपमै अवैध रुपमा गाँजा खेती गर्ने गरेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell