top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

जबर्जस्ती करणी भएको ११ दिनपछि अदालतमा मुद्दा दर्ता जितेन्द्र भण्डारी/ईमेज  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  9:14 AM  |  Viewed: 3065 times

पाँचथर, माघ ४ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको ११ दिनपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीपछि जिल्ला अदालतमा आइतबार जबर्जस्ती करणी अभियोग लागेकाहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

पीडित बालिकाकी आमाले जबर्जस्ती करणी गरेको अभियोगमा मोरङ सिबुका हेमराज अधिकारी, बालिकालाई खेताला बोलाउने घरधनी पञ्चमीका नरबहादुर योङ्हाङ, बारम्बार गएर खेताला आउनु भनेर बोलाएर लाने योङ्हाङका छोराद्वय विक्रम र विजयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो ।

पुस २३ गते योङ्हाङकामा खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म बन्धक बनाएको र हेमराज अधिकारीले जबर्जस्ती करणी गरेको पीडितकी आमाले बताएकी छिन् । घटनाका मुख्य योजनाकारको अभियोगमा खेताला बोलाउने घरका धनी नरबहादुर योङ्हाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

तर जिल्लास्थित केही राजनीतिक दलका नेताहरु घटनालाई मिलाउने प्रयासमा थिए । धेरैजसो बलात्कारका घटना समाजमा गुपचुप हुने गरेको छ । यतिमात्रै होइन, न्याय खोज्दै प्रहरीको ढोकामा आउनेहरुलाई पनि पैसाको प्रलोभनमा पारी बलात्कारका घटना मिलाउने प्रयाससमेत गरिन्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell