top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

महोत्तरीमा अपहरणमा परेका अर्का बालकको पनि शव फेला  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  9:48 AM  |  Viewed: 1646 times

गौशाला, माघ ४ । महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको शव फेला परेको छ ।

गएराति जलेश्वर– १२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर– १३ स्थित रातो खोलाको पश्चिम किनारमा खर घारीमा गाडिएको अवस्थामा फेला परेको हो ।

justify;">प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण गरी लगेका थिए । उनलाई परिवारले टोल, छिमेक र आफन्त गरी सबैतिर खोजतलास गरे पनि पत्ता लागेको थिएन ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले शुक्रबार जलेश्वरका तीनजना युवालाई पक्राउ गरेको थियो भने उनीहरुकै सहयोगमा बालक पाण्डेलाई हत्या गरेर गाडिएको ठाउँबाट शव बरामद गरेकोे जिप्रका, महोत्तरीले जनाएको छ ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा यसअघि भटौलिया गाविस– २ बाट पुस २५ गते राति अपहरणमा परेका एक आठ वर्षीय बालकको पनि शव फेला परेको थियो ।

भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव फेला परेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell