top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

सुशीललाई भेटेपछि राजेन्द्र महतोले के भने ? (भिडियोसहित)  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  7:07 AM  |  Viewed: 5769 times

काठमाडौं, माघ ४ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमतिका लागि अग्रसरता लिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

सोमबार महाराजगन्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा पुगेर महतोले मधेसी मोर्चाले राख्दै आएका माग सम्बोधन गरी मुलुकलाई निकास दिनका लागि पहलकदमी लिइदिन कोइरालालाई आग्रह गरेका हुन् ।

कांग्रेस सभापति कोइरालासँग करिब दुई घन्टा छलफल गरेका महतोले सीमांकनको विषयमा उधारो सहमति मान्य नहुने भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताए ।

भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै महतोले सीमांकनको टुंगो तत्कालै लगाउन सुझाव दिएको बताए ।

जवाफमा सभापति कोइरालाले तीन दल र मधेसी मोर्चाको कार्यदलबीच छलफल गरेर सबै विषयका टुंगो लाग्न सक्ने बताएका थिए ।

उनले मधेसी मोर्चालाई लचकताकासाथ प्रस्तुत हुन पनि आग्रह गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell