top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

सुनचाँदी पसलमा चोरी, गहना राखेको सेफ नै उठाएर लगे  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  3:33 PM  |  Viewed: 4222 times

धादिङ, माघ ४ । धादिङको महादेवबेसीमा रहेको पशुपति सुनचाँदी पसलमा सोमबार बिहान चोरी भएको छ ।

बजारको पुरानो गहना पसलमध्येको उक्त पसलमा सटरको ताला काटेर चोरहरुले गहना र नगद राखेको ‘सेफ’ नै उठाएर लगेका हुन् ।

पसलबाट ३५ लाख बराबरको गरगहना तथा नगद चोरी भएको पसलका सन्चालक लव सुनारले जानकारी दिए ।

चोरी भएको सेफमा ग्राहकहरुले बनाउन दिएका ४० तोला गहना र बन्धक राखेका गहना तथा ७ लाख नगद रहेको सन्चालकको भनाइ छ ।

पेशेवर चोरहरुले धेरै दिनदेखि निगरानी गरी चोरी गरेको हुनुपर्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell