top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

नायिका शुभेच्छा थापा ६ महिनाका लागि निलम्बित दीपेन्द्र सापकोटा  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  3:57 PM  |  Viewed: 5586 times

काठमाडौं, माघ ४ । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अंग ढाकेर तस्वीर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार संघले कारबाही गरेको छ ।

संघको कार्यसमितिको बैठकले उनलाई ६ महिनासम्म चलचित्रसम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

/>‘देशका गहना कलाकारले कुनैपनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्‍याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही’ गरिएकोे उनको भनाइ थियो ।

उनले भने–‘उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’

केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सन्जालमा उक्त अर्धनग्न तस्वीर राखेकी थिइन् । त्यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell