top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

पहिचानसहितको संघीयता हुनुपर्छ : यादव  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  5:39 PM  |  Viewed: 1047 times

विराटनगर, माघ ४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्तावलाई नसच्याइ पारित गरिएमा मधेस आन्दोलनका माग पूरा नहुने बताएका छन् ।

सो पार्टीद्वारा सोमबार विराटनगरमा ‘नेपालमा वर्तमान राजनीतिक सन्दर्भ’ विषयमा आयोजित कार्यक्रममा उनले राज्य पुनःसंरचना आयोगले दिएका प्रतिवेदन तथा मधेसवादी, आदिवासी जनजाति मुसलमानसँग गरिएको सम्झौताका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने विषयमा जोड दिए ।

२७ पटकभन्दा बढी पटकसम्म वार्ता भइसक्दा पनि कुनै निष्कर्ष ननिस्केको प्रसंग उल्लेख गर्दै उनले उधारोमा सहमति नगर्ने, आन्दोलन जारी राख्ने तर स्वरुप परिवर्तन गरिने जानकारी गराए ।

विगतमा देखिएका भेदभाव अन्त्य तथा सबैको भाषा, संस्कृतिको पहिचानलाई सम्बोधन गरिएमा मुलुक बलियो हुने उल्लेख गर्दै उनले समावेशी लोकतन्त्र र पहिचानसहितको संघीयता निर्माण हुनुपर्ने औंल्याए ।

अध्यक्ष यादवले विगतमा भएका सम्झौतालाई टेकेर सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिए । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell