top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

सिटिसी मलमा सैलून उद्घाटन गर्न ‘स्टार’ कलाकारको लर्को  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  8:53 AM  |  Viewed: 1597 times

काठमाडौं, माघ ५ । शनिवारदेखि काठमाडौंमा सौन्दर्य पारखीहरुका लागि अर्को एउटा बिसौनी थपिएको छ । सुन्धारास्थित सिटिसी मलको छैठौं तल्लमा सञ्चालनमा आएको ट्रेण्ड सेटर्स युनिसेक्स हेयर एण्ड ब्युटि स्टुडियोलाई शनिवार एक दर्जन बढि नेपाली सेलिब्रेटीले उद्घाटन गरेका छन् ।

सैलुनको उद्घाटन समारोहलाई पृथक बनाइएको थियो । महिला सेलिब्रेटीहरुले सैलूनको मुख्य प्रवेशद्वारा टाँगिएको रिबन काटेका थिए भने पुरुष सेलिब्रेटीहरुले केक काटेर सैलून उद्घाटनको जनाउ दिएका थिए ।

सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सैलूनको रिबन काट्नेहरुमा करिश्मा मानन्धर, कोमल वली, दीपाश्री निरौला, कुञ्जना घिमिरे तथा सविना कार्की थिए भने केक काट्ने सेलिब्रेटीहरुमा भुवन केसी, दिनेश डिसी, निर्मल शर्मा, सुवास ढकाल, विल्सन विक्रम राई, राजेशपायल राई र योगेश्वर अमात्य थिए ।

समारोहमा ट्रेड सेटर्स सैलूनकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्कीले ट्रेड सेटर्सबाट सेवा लिइसकेको बताउँदै सैलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताइन् ।

समारोहमा नायिका कार्कीले सैलूनले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलूनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैयाँ बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए । प्रियंकाले टेन्ड सेटर्स हेयर एन्ड ब्युटी एकेडेमी एन्ड रिसर्च सेन्टरको समुद्घाटन गरेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै सैलूनका निर्देशक आशिष भट्टराईले सैलूनले गुणस्तरीय सेवालाई विशेष प्राथमिकता दिएको बताए । अन्तराष्ट्रियस्तरको सजावटमा लक्जरियस सौन्दर्य सेवा नेपालमै उपलब्ध गराउने चाहनाबाट ट्रेड सेटर्स अग्रसर छ ।

हेयर कट, हेयर कलर, हेयर स्ट्रेट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दा बढि सेवा ट्रेण्डसेटर्सले उपलब्ध गराउनेछ ।

ट्रेण्डसेटर्समा विश्वका उत्कृष्ट एवं ख्यातिप्राप्त ब्रान्डका उत्पादन सेवाका निम्ती प्रयोग गरिने बताइएको छ । उपभोक्ताको हितका निम्ती सौन्दर्य सम्बन्धी उचित परामर्श दिने, औसत शुल्कमा स्तरिय सेवा प्रदान गर्ने, सेवाग्राहीलाई उत्कृष्ट हस्पिटालिटी सर्भिस दिने जस्ता टेन्डसेटर्सका थुप्रै विशेषता छन् ।

व्यस्त हुँदै गएको शहरी जीवनलाई मध्यनजर गर्दै घरबाटै अप्वाइन्टमेन्ट फिक्स गरि ट्रेण्डसेटर्समार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । छोटो समयमा नै नेपालका सेलिब्रेटीहरुले सौन्दर्य सम्बन्धी सेवा लिने पहिलो रोजाईको सलुन बनेको छ, टे«न्डसेटर्स । यस्तै नेपालका चर्चित व्यवसायी, बैंकर्स, चिकित्सक, इन्जिनियर, पाइलट, योङ आन्टरप्रेर्सको प्राथमिकतामा यो सैलुन परेको छ ।

२० वर्ष देखि सौन्दर्य सम्बन्धी शिक्षा प्रदान गर्दै आएका तालिमकर्ताबाट यससम्बन्धी ज्ञान प्रदान गरिने छ । विभिन्न प्रकारका सौन्दर्य सम्बन्धि प्रशिक्षण र तालिम उपलब्ध गराई युवाहरुलाई दक्ष बनाउन संस्था प्रतिबद्ध रहेको जनाएको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell