top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

मीनेन्द्र रिजाल भन्छन्– ‘सभापतिमा फेरि कोइराला’  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  12:14 PM  |  Viewed: 726 times

चितवन, माघ ५ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले कांग्रेसको आसन्न महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा. रिजालले ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए ।

कतिपय काम सम्पन्न नभएका भए पनि कांग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उनको भनाई थियो । कोइरालाकै शालीनताका कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको उनले बताए ।

उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले कांग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट पारे ।

मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा कांग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।

यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा. रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्ने उल्लेख गरे । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell