top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

कांग्रेस र एमाओवादीले संविधान संशोधन प्रस्तावमाथि थप छलफल गर्ने  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  1:05 PM  |  Viewed: 355 times

काठमाडौं, माघ ५ । नेपाली काँंग्रेस र एकीकृत माओवादीले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावमाथि थप छलफल आवश्यक भएकोमा जोड दिएका छन् ।

कांँग्रेस र एमाओवादीबीच नेताहरुबीच आज कांँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा संविधान संशोधन सम्बन्धी प्रस्तावमा थप छलफल आवश्यक भएको निश्कर्ष निकालिएको हो ।

छलफलपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसदको बैंठकमा संशोधन प्रस्तावमाथि छलफल हुने र शीर्ष नेतृत्व तहमा पनि सहमतिका लागि अधिकतम् प्रयास गरिने बताए ।

उनले संशोधन प्रस्तावलाई परिमार्जन गर्न र सर्वस्वीकार्य बनाउन काँंग्रेस लचिलो हुने पनि बताए । एमाओवादीले पनि संविधान संशोधन प्रस्तावबारे दलहरुबीच छलफल आवश्यक भएकोमा जोड दिँदै आएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell