top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

बिराटनगरमा इन्धन वितरणमा आलोपालो प्रणाली  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  1:19 PM  |  Viewed: 609 times

बिराटनगर, माघ ५ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरले इन्धन वितरणलाई ब्यवस्थित गर्न भन्दै आलोपालो प्रणाली लागु गरेको छ ।

आयल नियमको क्षेत्रीय डिपोवाट अब जिल्लाहरुमा आलोपालो प्रणाली अनुसार इन्धन पठाइनेछ । आयल निगमको विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख भुवन रेग्मीले आजवाट लागु हुने गरी इन्धन वितरणमा आलो पालो प्रणाली लागु गरिएको जानकारी दिए ।

निगमको क्षेत्रिय कार्यालय विराटनगरले पुर्वी नेपालका १२ जिल्लामा इन्धन वितरण गर्दै आएको छ । आइतवार, मंगलवार र विहिवार मोरङ, सप्तरी र अन्य पहाडी जिल्लामा इन्धन वितरण गरिने छ ।

यसैगरी सोमवार, वुधवार र शुक्रवार सुनसरी, सिरहा तथा पुर्वी पहाडी जिल्लामा इन्धन वितरणको व्यवस्था मिलाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell