top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण वैशाखसम्ममा सुरु हुने’  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  3:12 PM  |  Viewed: 2753 times

भक्तपुर, माघ ५ । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भक्तपुरबाट प्रकाशन हँुदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको ११औं वर्ष प्रवेश कार्यक्रममा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाडौं–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग छलफल भइसकेकाले अब दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने’ ठोकुवा गरे ।

साहसिक पर्यटनलेमात्र देश विकास नहुने औंल्याउँदै उनले धार्मिक र साँस्कृतिक पर्यटनलाईसमेत मुख्यरुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।

अर्काे प्रसंगमा उनले सहमतिका लागि मोर्चासँगको वार्तामा सरकार अति नै लचक भएपनि जनताको प्राकृतिक र नैसर्गिक अधिकार कुन्ठित पार्ने प्रयास भएकाले आजसम्ममा हुन्छ भनिएको सहमति हुन नसकेको भनाइ राखे ।

मन्त्री पोखरेलले भने–‘संघीय संरचनामा सीमानाको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न हुन्छ कि हुन्न भन्ने विषयमा मोर्चासँग अझै कुरा मिलेन, नेपालभित्रका जुनसुकै जनताले पनि उत्तरी छिमेकी सीमानासम्म र दक्षिणी सीमानासम्म जाने अधिकार हुनुपर्छ, त्यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार हो, त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको घर–घरमा ग्यासको पाइपलाइन जोड्ने कुरालाई व्यंग्य गरिए पनि संकल्प लिएर अगाडि बढे प्रधानमन्त्रीले घोषणा गरेको सबै काम पूरा गर्न सकिने जिकिर गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, एमाले केन्द्रीय सदस्य सोम मिश्र, राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, प्रेस चौतारी नेपालका उपाध्यक्ष उपेन्द्र केसीलगायतले साना पत्रिकाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा ‘गोरखापत्र’ दैनिकका फोटो पत्रकार शेखर चौलागाइँलाई सम्मान गरिएको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell