top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

संविधान संशोधन प्रक्रिया सर्‍यो  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  4:47 PM  |  Viewed: 762 times

काठमाडौं, माघ ५ । संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख ओनसरी घर्ती र प्रमुख दलका नेताहरुबीच मंगलबार भएको छलफलबाट माघ ७ गतेपछिमात्र संविधान संशोधन प्रक्रिया थाल्ने निर्णय भएको हो ।

आन्दोलनरत् मधेसी मोर्चासँगको सहमति प्रयास जारी रहेकाले संविधान संशोधन प्रक्रियालाई पछि सारिएको नेताहरुले बताएका छन् । यसअघि, मंगलबारैबाट संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो ।

सोही प्रयोजनका लागि भन्दै एक सातासम्म व्यवस्थापिका–संसद बैठक स्थगित गरी मंगलबारका लागि बोलाइएको थियो ।

संशोधन प्रक्रियामाथिको छलफल स्थगित भएपछि मंगलबारको संसद बैठकमा केही विधेयकमाथि छलफल हुने जनाइएको छ ।

फाइल फोटो

बैठकमा खुला विश्वविद्यालय, कर्मचारी सन्चयकोषसम्बन्धी पेश भएका विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell