top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

ग्यास कालोबजारी गर्ने व्यापारी पक्राउ  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  4:33 PM  |  Viewed: 3713 times

सुनसरी, माघ ५ । सुनसरी प्रहरीले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा मंगलबार एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सुनसरी भादगाउँ सिनुवारी–४ का टंक कोइराला छन् ।

एलपी ग्यासको अभाव भइरहेको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोइरालाले ३ हजार ७ सय पर्ने खाना पकाउने एलपी ग्यासलाई ६ हजार रुपैयाँ लिएर बिक्री गरेको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell