top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

सवारी भाडादर तत्काल नघटाए नेवि संघले आन्दोलन चर्काउने  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  9:24 AM  |  Viewed: 860 times

काठमाडौं, माघ ६ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मुल्य घटेको दरमा सवारी साधानको भाडादर तत्काल घटाउन माग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि सवारी साधनको भाडा नघटेको भन्दै भाडा घटाउन माग गरेको हो ।

नेविसंघ प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् ।

नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको थियो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ९९, डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १०४ र डिजेल र मट्टितेल  ८१ मा बिक्री हुँदै आएको थियो ।

आयल निगमका डिपोहरुमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि नेविसंघले आग्रह गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell