top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

प्रधानमन्त्रीले बोलाए तीनदलको बैठक  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  11:54 AM  |  Viewed: 1184 times

काठमाडौं, माघ ६ । मधेसी मोर्चाले उठाएका मागलगायतका विषयमा छलफल गर्न आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुलुकको राजनीतिक अवस्था, मधेसी मोर्चाका मागलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा सिमांकनका विषयमा मधेसी मोर्चाले राखेका माग र नागरिकता तथा नेपाली सेनामा सामूहिक प्रवेशका विषयमा पनि छलफल हुने छ ।

माघ ९ गतेसम्म वार्ता र संवाद गरेर मधेसी मोर्चासँग सहमति खोज्ने तयारी गरेका प्रमुख दलले मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक परामर्श गरिरहेको बताइएको छ । मधेसी मोर्चाले शीर्ष नेतृत्वमै छलफल गरेर विवाद टुंग्याउनुपर्ने माग गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell