top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

भेडा पालेर यसरी सफल भईन् चन्द्रकुमारी(भिडियो) युवराज रोइला/ईमेज  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  2:05 PM  |  Viewed: 1915 times

खोटाङ, माघ ६ । खोटाङको नेर्पा गाउं विकास समिति वडा नम्बर–८ की चन्द्रकुमारी गुरुङ जिल्लामा सफल महिला उद्यमीको रुपमा परिचित छिन । भेडापालन व्यवसायबाटै उनले आफुलाई सफल महिला उद्यमीको रुपमा चिनाउन सफल भएकी हुन् ।

आफुले पालेको भेडाको उनबाट आफ्नै सिप क्षमताले विभिन्न किसिमका बुट्टावाल राडीहरु बुनेर चन्द्रकुमारीले राष्ट्रिय औद्योगिक प्रर्दशनीमा उनी वस्तु समुहमा प्रथम महिला समेत भएकी छिन् । आफूले सुरु गरेको व्यवसायमा चन्द्रकुमारीले गाउँका १२ जना महिलाहरुलाई समेत रोजगारी सिर्जना दिएकी छिन् ।

५० ओटा भेडाबाट व्यवसाय शुरु गर्नुभएको चन्द्रकुमारीसंग अहिले पाँच सय भेडा छन् । बढ्दो व्यवसायसंगै उनले बिभिन्न जिल्लामा गएर महिलाहरुलाई आत्मनिर्भरताको प्रशिक्षण समेत सुरु गरेकी छिन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell