top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

जोगबनीबाट दैनिक तीन सय बढी गाडी भित्रिँदै, व्यवस्थापनमा समस्या  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  3:49 PM  |  Viewed: 1243 times

विराटनगर, माघ ६ । वीरगन्जबाट री–रुट भएका मालबाहक गाडी र कन्टेनर धमाधम भित्रिएसँगै गाडीको चाप व्यवस्थापन गर्न विराटनगर भन्सार कार्यालयमा समस्या भएको छ ।

सामान्य अवस्थामा करिब दुई सयओटा गाडी नियमितरुपमा भित्रिने गरेकोे जोगबनी नाकाबाट अहिले दैनिक तीन सयभन्दा बढी गाडी नेपाल भित्रिने गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार ठाउँको अभाव भएपछि अस्थायी यार्ड बनाएर गाडीको व्यवस्थापन गर्नु परिरहेको छ ।

नेपालतर्फ भित्र्याउने मात्र होइन, रानी नाकाबाट खाली भएका गाडीलाई भारत पठाउनसमेत निकै सास्ती हुने गरेको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले अर्थ मन्त्रालयको अनुमतिपछि विराटनगर जुटमिलस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म परिसरनजिकै अस्थायी यार्ड सन्चालन गरेको छ ।

वीरगन्जबाट री–रुट अनुमति प्राप्त गरेका औद्योगिक सामग्री, कच्चापदार्थ, मोटरसाइकल, औषधि र खाने तेल बोकेका गाडीहरु विराटनगरबाट भित्रिने गरेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell