नेत्रविक्रम माओवादीका ३५ जनाले गरे नयाँ शक्तिमा जाने घोषणा | Published: January 20, 2016 | बुद्धबार 6 माघ, 2072 | 3:36 PM | Viewed: 1901 times
काठमाडौं, ६ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का करिब ३५ जना नेता तथा कार्यकताले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
नेकपा (माओवादी)का केन्द्रीय सदस्य गगनबहादुर थापा, तेजप्रसाद अधिकारी, ठाकुरप्रसाद चापागाइँ र बसन्त घर्तिमगरलगायतका नेता तथा कार्यकर्ताले नेकपा (माओवादी)प्रति
असन्तुष्टि व्यक्त गर्दै बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिमा जाने घोषणा गरेका हुन् ।
यसरी घोषणा गर्ने अन्य विद्यार्थी नेतामा हरि पौडेल, मीनराज केसी, पर्वत डीसीएम, सूर्यबहादुृर थापा, अनिल मास्के, प्रदीपबहादुर थापा, सुस्मिता केसी, धर्मराज शर्मा, लोकराज कुँवर, उत्तम परियार, टीका नेपाली, सीता भुसाल, राम अधिकारी र राजेन्द्र तिवारी छन् ।
पर्वत जिल्ला कमिटी सल्लाहकार एकनारायण गिरी, टेकराज शर्मा, गणतान्त्रिक मञ्च काठमाडौं डीसीएम सागर चापागाइँ पनि नयाँ शक्तिमा जाने भएका छन् ।
सोही अवसरमा ठाकुरप्रसाद चापागाइँले नेक्रविक्रम माओवादीको कार्यदिशा र विचार स्वार्थसँग जोडिएको कारण पार्टी छोड्नुपरेको भन्दै आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएको स्पष्ट पारे । रासस