top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

‘फागुन १३ गते पोखरा विमानस्थलको शिलान्यास, दुईओटा ‘वाइड बडी’ जहाज किन्छु’  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  7:22 AM  |  Viewed: 4497 times

काठमाडौं, माघ ६ । पर्यटनमन्त्री आनन्द पोखरेलले आगामी वैशाख १ गतेसम्म देशका १७ ओटा विमानस्थललाई आन्तरिक उडान सन्चालन गर्न मिल्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

कतिपय जिल्लामा रहेका विमानस्थल सन्चालनमा नरहेको भन्दै उनले सरकारले त्यसलाई मर्मत–सम्हारको काम अघि बढाइरहेको र वैशाख १ गतेदेखि सन्चालनमा आउने दाबी गरे ।

/>बुधबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले साउनदेखि ट्राभल्स एजेन्सीहरुबाट नभै यात्रुहरुलाई विद्युतीय प्रक्रियाबाट टिकट लिने व्यवस्था मिलाउन लागिएको पनि बताए ।

त्यसोगर्दा जहाजको सीट नपाउने समस्याको समाधान हुने उनको दाबी थियो ।

आगामी फागुन १३ गते पोखरा विमानस्थलको शिलान्यास गरिने भन्दै उनले आफ्नै कार्यकालमा दुईओटा ‘वाइड बडी’ जहाज किन्ने दाबी गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell