top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

बर्दियामा खाद्य संकट हुनसक्ने : अध्ययन यादव आचार्य (इमेज)  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  3:59 PM  |  Viewed: 378 times

बर्दिया, माघ ६ । एक अध्ययनले यो वर्ष बर्दियामा खाद्य संकट हुनसक्ने देखाएको छ ।

बबई र कर्णाली नदीको बाढी तथा कटानबाट वर्षेनि हुने क्षतिलगायत वन्यजन्तुबाट हुने खेतीबालीको नोक्सानी नरोकिए बर्दियामा खाद्य संकट हुने देखिएको हो ।

राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको सहजीकरणमा बर्दियामा सन्चालन गरिएको चारदिने खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणबाट सहभागीहरु यो वर्ष बर्दियामा खाद्य संकट हुनसक्ने निश्कर्षमा पुगेका हुन् ।

यो आर्थिक वर्षमा नेपालका ३२ जिल्लामा खाद्यान्न अभाव हुनसक्ने विश्व खाद्य कार्यक्रम मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक बखत निरौलाले जानकारी दिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell