top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘प्रहरी देखेर जनता डराउने र जनता देखेर प्रहरी आक्रोशित हुने अवस्थाको अन्त्य हुनुपर्छ’  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  4:09 PM  |  Viewed: 688 times

काठमाडौं, माघ ६ । शान्ति–सुरक्षामा खटिने प्रहरी र जनताबीचको सम्बध सुमधुर भएमात्रै समाजमा शान्ति–सुरक्षा र अमन–चयन कायम हुनेसक्नेमा विभिन्न क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन् ।

प्रहरीले बुधबार राजधानीमा गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीहरुले प्रहरी देखेर जनता डराउने र जनता देखेर प्रहरी आक्रोशित हुने अवस्थाको अन्त्य नभइ अपराधशून्य समाजको परिकल्पना केवल योजनामामात्रै सीमित हुने धारणा राखे ।

प्रहरीले जनताको मन जितेर काम गर्नुपर्ने र जनताले पनि प्रहरीलाई जनताको सुरक्षाका लागि खटिएको हो भन्ने भावनाकासाथ सहयोग गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा सहभागी सांसद, कानुन व्यवसायी, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, सुनचाँदी व्यवसायी, पत्रकारलगायतको सर्वपक्षीय छलफलले प्रहरी र आम नागरिकबीचको सम्बन्ध राम्रो भएमात्रै समाजमा अपराध न्यून हुने धारणा राखेका हुन् ।

सोक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुले कतिपय ऐन–कानुनलाई समय–सापेक्षरुपमा परिमार्जन गर्न सरकारलाई आग्रह गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell