top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

गुटवादबाट ग्रस्त कांग्रेसः ‘कोइराला पक्ष गोप्य र सुस्त, देउवा पक्ष खुल्ला’ (भिडियो रिपोर्ट) सरोज अधिकारी/इमेज  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  5:39 PM  |  Viewed: 2184 times

काठमाडौं, माघ ६ । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसमा जब महाधिवेशन नजिकिँदै जान्छ, गुटगत विवाद पनि बढ्दै जाने गरेको छ ।

पार्टीभित्रै सत्ता र प्रतिपक्षी जस्तो देखिने कांग्रेसीहरुको चरित्र नयाँ भने होइन । कतिपय जानकारहरु त कांग्रेसभित्र गुटगत राजनीतिसँगै वैचारिक बहस र कार्यशैलीमासमेत व्यापक मतभिन्नता रहेको बताउँछन् ।

स्थापनकालदेखि नै गुटगत राजनीतिबाट ग्रस्त कांग्रेस पार्टीले सात दशक पारगरी १३औं महाधिवेशनसम्म आइपुग्दा पनि गुटवादबाट माथि उठ्न सकेको छैन ।

कहिले बीपी कोइराला र सुवर्ण शमशेर होस् वा कृष्णप्रसाद, गशेणमान वा गिरिजाप्रसाद कोइराला अथवा अहिले आएर सुशील कोइराला वा शेरबहादुर देउवा ।

कांग्रेस जन्मेदेखि नै कुनै कुनै न गुटको राजनीतिबाट ग्रस्त हुँदै आएको छ, जुन आज पर्यन्त उत्तिकै हावी छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell